सखुवा जातको गोलिया काठसहित दुईवटा ट्याक्टर नियन्त्रणमा

सखुवा जातको गोलिया काठसहित दुईवटा ट्याक्टर नियन्त्रणमा

झापा : झापा प्रहरीले अवैध सखुवा जातको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट र प्रहरी चौकी तिरिङबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार दिउँसो साढे २ बजे मेचीनगर नगरपालिका- १ गाडाँगल्लीस्थित पातापुरमा सखुवा जातको गोलिया काठ लोड गरिएको मे १ त ७८५४ र मे १ त ३७४० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीलाई देख्नासाथ ट्याक्टर चालकहरू भागे। दुईवटा ट्याक्टरबाट २५० क्यु फिट गोलिया काठ रहेको प्रहरीले जनाएको छ। 

मे १ त ३७४० नम्बरको ट्याक्टर १० लाख, मे १ त ७८५४ नम्बरको ट्याक्टर ८ लाख र गोलिया काठको २ लाख ५० हजार गरी २० लाख ५० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय भद्रपुर बुझाइसकेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.