जग्गा खरिदको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ

जग्गा खरिदको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ

जनकपुरधाम : धनुषामा जग्गा खरिदको विषयमा भएको विवादमा एक जनाको हत्या भएको छ। बाख्राले बाली खाएको र जग्गा खरिदको विषयमा भएको दुई पक्षीय विवादमा घरेलु हतियार प्रहार गरी एकजनाको हत्या भएको हो। अन्य तीन जना घाइते भएका छन्।

हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मिथिला विहारी नगरपालिका-४ रमौलका ४१ वर्षीय लालबाबु यादव र सोही ठाउँ बस्ने ३१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  

मिथिला विहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवलाई बिहीबार राति साढे ८ बजे घुर ताप्दै गरेको समयमा घरेलु हतियार बन्चरो प्रयोग गरी हत्या गरिएको छ। 

सुरज यादवको परिवारको समूहले घरेलु हतियार सहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएका छन्। 

सन्तोष यादवको टाउकोमा १८ वटा टाका लगाइएको छ भने एउटा हातको दुईवटा औंला छिनेको छ। अन्य सामान्य घाइतेहरूको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मतृकका छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर आगो ताप्न बसेको बेला सुरज यादव सहित १० जनाको समूहले घरेलु हतियार बञ्चरो, खुकुरीसहित आक्रमण गरको आरोप छ। 

‘बुबालाई एक्कसी बञ्चरो हानेपछि वहाँ चिच्याउनु भो, हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण भयो। बुबाको बञ्चरोको प्रहारले त्यही मृत्यु भयो। हामी घाइते भयौं। अरू कुराहरु थाहा भएन,’ अशोकले गहभरि आँसु चुहाउदै भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.