मोटरसाइकल चोरी गरेको आरोपमा ७ जना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम : धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको फन्दामा परेको छ। 

जनकपुरधामसहित जिल्ला आसपासको क्षेत्रमा विभिन्न स्थानबाट चोरीको मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। 
प्रहरीले चोरी भएको पाँचवटा मोटरसाइकल सहित सात जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।

उनीहरूको साथबाट धनुषा मिथिला बिहारी नगरपालिका-६ घर अगाडि पार्किङ गरी राखिएको प्रदेश २–०२–००३ प ०९६५ नम्बरको सुपर स्पलेण्डर, जनकुरधाम-१९ बेङगाशिवपुर महराजा पार्टी प्यालेशको कम्पाउण्डबाट चोरी भएको बा ९४ प ५७९४ पल्सर, जनकपुर ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पार्किङ गरी राखेको ज ९प ४८७८ नम्बर को टिभी अपाचे मोटसाइकल समेत बरामद भएको छ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका-१ पुलचोक स्थित घर अगाडि पार्किङ गरी राखेको प्रदेश २–०२–२ प. ९३९४ नम्बर १५० सिसि पल्सर र जनकपुर ७ स्थित अन्पूर्णा होटल अगाडि पार्किङ गरी राखेको ९७२० नम्बरको एफजेडसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा धनुषाको मिथिला बिहारी नगरपालिका-६ बस्ने ३० वर्षीय मनोहर कुमार यादव, जनकपुरधाम उप–महानगरपालिका-१४ बस्ने २१ वर्षीय रुपेश यादव, वडा नम्बर १६ बस्ने १९ वर्षीय गुलशन नदाफ, वडा नं. १५ बस्ने २२ वर्षीय भरत साह, महोत्तरीको बलवा नगरपालिका ५ बस्ने बिक्की कुमार यादव, वडा नम्बर ४ बस्ने २६ वर्षीय विवेक कुमार झा र सिरहाको कल्यानपुर नगरपालिका ५ घर भई हाल जनकपुरधाम बस्ने १९ वर्षीय नितेश यादवलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.