धनराजको अग्रता कायमै, पद्मा अर्याल २ हजार ७१ मतले पछि

धनराजको अग्रता कायमै, पद्मा अर्याल २ हजार ७१ मतले पछि

स्याङ्जा : स्याङ्जाको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फका नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।  

शनिवार बिहान साढे ५ बजेको मतपरिणाम अनुसार स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा काँग्रेसका धनराज गुरुङको अग्रता कायमै छ। गुरुङले २२ हजार १२० मत प्राप्त गरी अग्रता लिएका छन्।

एमाले उम्मेदवार पद्मा अर्यालले २० हजार ४९ मत सहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरुको मतान्तर २ हजार ७१ को छ ।

यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई २३ मतले अघि आएका छन्।

यसअघि नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिंदै आएका थिए। भट्टराईले ९ हजार ८६९ मत पाउँदा उनका प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठले ९ हजार ८४६ मत पाएका छन्। 

अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७ र गल्याङ्का  नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, का मतगणना सकिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.