इजिप्टमा खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु
बेहेरिया : इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गर्दा उनीहरु सवार ट्याक्टर दुर्घटनामा परेको थियो । ट्याक्टरलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।