विवादित चापाकोट नपुग्दै धनराज २ हजार बढी मतले अघि, प्रदेशमा पनि कांग्रेसकै अग्रता
स्याङ्जा : स्याङ्जाको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा धनराज गुरुङ्को अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फका नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङ् २३ हजार २७० मतका साथ आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार २६ मतले अघि छन्।
निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २१ हजार २४४ मत सहित गुरुङलाई पछ्याइरहेकी छन्।
यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईभन्दा ९३ मतले अघि छन्। गठबन्धनतर्फका उम्मेदवार भट्टराईले ११ हजार २९४ मत पाउदा एमाले तर्फक उम्मेदवार श्रेष्ठले ११ हजार २०७ मत पाएका छन्।
अहिलेसम्म गणना भएका कालीगण्डकी गाउपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र गल्याङ्का नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १०, ११ का मतगणना सकिएका छन्। अब, चापाकोट नगरपालिकाका १० वडाको गणना कार्य सुरु भएको छ।