जस्तापाता बोकेर मतदाता भेट्दै सांसद

जस्तापाता बोकेर मतदाता भेट्दै सांसद

बेनी : म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्न फरक शैली अपनाएका छन्। 

पाँचदलीय गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजय उत्सव मनाएका हुन्। मंसिर ४ गते भएको निर्वाचनमा जुग्जालीले ८ हजार ७ सय २३ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित भएका थिए। 

भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजय उत्सव मनाएको जुग्जालीले बताए। मंगला गाउँपालिका–१ कुहुँको भीरकटेराका फाले र रतिकला फगामीको जीर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाता बोकेर बिहीबार त्यहाँ पुगे। फगामी दम्पतीलाई जीर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पतीलाई ३६ थान ८ फुटको जस्तापाता उपलब्ध गराएका हुन्। 

७६ वर्षका फाले बोल्न नसक्ने अपांग हुन्। उनकी ७७ वर्षीया श्रीमती रतिकला पनि लडेर हिँड्डुल गर्न सक्दिनन्। उनीहरूको ढुंगा, माटो र काठले बनेको दुईतले घर जीर्ण बनेर भत्कने अवस्थामा छ। खरले छाएको पिँडीको छानो चुहिने भएपछि बाहिर प्लास्टिक राखेका छन्। फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहारसुसार गर्दै आएकी छिन्। तिलकुमारी उनीहरूका एक मात्र सन्तान हुन्। 

आफ्नै जग्गाजमिन नभएका उनीहरूको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्तामात्रै हो। आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन्। जीर्ण घरमा जोखिम मोलेर बस्दै आएका छन्। 

‘भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजय उत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो विचारअनुसार दुःख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको छु,’ सांसद जुग्जालीले भने, ‘साथीभाइ र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चिएको हो।’

मंगला, मालिका र धवलागिरि गाउँपालिकामा एक÷एक वटा कार्यक्रम गर्ने जुग्जालीले बताए। फगामीका छोरी तिलकुमारीले जीर्ण घर मर्मतका लागि सांसद नै जस्तापाता बोकेर घर आएकोमा अचम्म लागेको बताइन्। ‘सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउँदैनन् भन्ने सुनेको थिएँ,’ तिलकुमारीले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.