इन्द्रचोकमा चिनियाँ नागरिकबीच विवाद, चक्कु प्रहारबाट दुई घाइते
काठमाडौं : काठमाडौंमा तीन चिनियाँ नागरिकबीच विवाद हुँदा दुई जना घाइते भएका छन्।
विवादका क्रममा ३७ वर्षीय फङ चङयुनले चक्कु प्रहार गर्दा ३२ वर्षीय ली छ्वन र २९ वर्षीय कान साउसिङ गम्भीर घाइते भएका हुन्।
ली को पेटमा चोट लागेको छ भने कानको पेट, छाती र टाउकोको बाँया भागमा चोट लागेको छ। दुवै जना बोल्न सक्ने अवस्थामा छैनन्।
काठमाडौं महानगरपालिका-२५, इन्द्रचोकमा आइतबार तीन चिनियाँ नागरिकबीच विवाद भएको थियो।
चक्कु प्रहार गर्ने फङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान गरिरहेको बताए।