'प्रधानमन्त्रीका लागि माओवादीले एमाले कार्ड प्रयोग गर्दैछ' (भिडियो वार्ता)
काठमाडौं: यतिबेला राजनीतिक दलका नेताहरू कसको नेतृत्वमा सरकार बनाउने भन्ने गृहकार्यमा छन् । वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने कि फरक गठबन्धन भन्ने बहस पनि जारी छ । यही बेला नेकपा माओवादीले सबैसँग सहकार्यका लागि ढोका खुला भनेर गरेको संकेत प्रधानमन्त्रीको बार्गेनिङ भएको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँ बताउँछन् ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै चापागाईँले एमालेले कसरत गरे पनि तत्कालै सरकार नबनाउने बताए । माओवादीले सबैसँग सहकार्यका लागि ढोका खुला छ भनेर कांग्रेससँग शुरूमा प्रधानमन्त्री बार्गेनिङ गरिरहेको भन्दै उनले माओवादीले कांग्रेससँग एमाले कार्ड मात्र खेलेको बताए ।
विश्लेषक चापागाईँले भारतीय राजदूतले दौडधुप बढ्नु आफू अनुकुलको सरकार बनाउनु रहेको बताए । उनले अमेरिका र ईयू पनि अनुकुलको सरकार बनाउने कसरतमा रहेको बताए ।
चापागाईँसँगको वार्ता हेर्नुहोस् ।