आइतबारदेखि गौर-बैरगनियाबाट टेम्पु सञ्चालन

आइतबारदेखि गौर-बैरगनियाबाट टेम्पु सञ्चालन

रौतहट : नेपालको गौरबाट भारतको बैरगनियासम्म चल्ने तीनपांग्रे अटोरिक्सा र टेम्पु आइतबारदेखि सञ्चालनमा आएको छ।

भारतीय नम्बरका अटोरिक्सा सञ्चालनमा ल्याउन दुवै देशका अधिकारीहरूको सहमति भएको थियो।
 

दुवै देशको सीमा क्षेत्रमा चल्ने तीनपांग्रे अटोरिक्सा र टेम्पुहरूलाई व्यवस्थित गर्न भएको सम्झौतापछि आइतबारदेखि सञ्चालनमा आएका हो।

भारतीय नम्बरका अटो रिक्साहरू यो सहमतिपछि निर्वाध रूपमा गौरसम्म आउने छन्।

भारतीय नम्बरका अटोरिक्सा जिल्ला प्रहरी कार्यालय गौरको पूर्वतर्फ रहेको ब्यारेक फिल्डमा पार्किङ गर्ने तथा नेपाली अटोरिक्साहरू बैरगनिया रेल्वे स्टेशनमा पार्किङ गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

कोरानाका कारण गौर बैरगनियामा टेम्पुहरूलाई रोक लगाइएक‍ो थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.