खुल्यो दार्चुला पुलको ताला

खुल्यो दार्चुला पुलको ताला

दार्चुला : दार्चुलाको सीमा क्षेत्रमा बन्द गरिएको पुल सुचारु भएको छ। आइतबार भारतीय पक्षले नेपालीहरूमाथि ढुंगा हानेको भन्दै पुलमा आवतजावत बन्द गरिएको थियो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएम देवी शासनीबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको हो। 

विगत लामो समयदेखि भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्धन निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयहरूले विरोध गरेका थिए। उनीहरूले विरोध गर्दा भारतीय पक्षले ढुंगा हानेको नेपाली पक्षको भनाइ छ। भारतीय नागरिकले हानेको ढुंगा लागेर चार जना नेपाली घाइते भएको बताइएको छ। नेपालको तर्फबाट पनि ढुंगा हानाहान हुँदा भारतमा काम गर्ने नेपालकै एक जना घाइते भएका छन्। घाइते हुँदा ५ टाँका लगाएको घाइते पुष्कर सिंहले बताए। 

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राख्दै आएका छन् । सीमामा भारतीय पक्षले गैरकानुनी ढंगले विभिन्न गतिविधि गर्दासमेत सरकार र सरकार मातहतका सरोकारवाला निकायहरूले ध्यान नदिएको स्थानीयको गुनासो छ। 

महाकाली नदीको धार परिवर्तन गरी काम गर्न नमिल्ने इन्जिनियरहरूको भनाइ छ। भारतीय पक्षले नेपाल भारत जोड्ने झोलुंगे पुलको बीच भागबाट वाल हालेर तटबन्ध निर्माण गरिरहेको छ। दुई देशको आपसी छलफलमा महाकाली नदीको धार पुरानै गतिमा छोडिने शासनीले बताए। यता, दार्चुलाका प्रजिअ दीर्घराज उपाध्यायले भने भारतीय पक्षले तत्काल महाकालीलाई पुरानै गतिमा नफर्काए नेपालको तर्फबाट कडा कदम चालिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.