कलैया अस्पतालको अनुगमन
कलैयाः बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदले कलैया अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको सेवा प्रभावकारी नभएको भन्दै गुनासो आएपछि प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहको नेतृत्वमा सांसदको टोलीले अनुगमन गरेको हो ।
अनुगमन गर्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहसहित ३(१) का प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ र ३(२) का प्रदेशसभा सदस्य महम्मद समिरको टोली अस्पताल पुगेको थिए । टोलीले अस्पतालको आकस्मिक, ओपिडी, प्रसूति, एक्सरे र ल्याब कक्षको अनुगमन गर्दै बिरामी र उनका आफन्तसँग अस्पतालको सेवाको विषयमा जानकारी लिएका थिए ।
अनुगमनका क्रममा अस्पतालको सेवा प्रभावकारी नदेखएिकाले सुधार गर्न निर्देशन दिएको प्रतिनिधिसभा सदस्य साहले बताइन् । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री समेत रहेकी साहले स्वास्थ्यजस्तो संवेदनशिल विषयमा लापरवाही गर्ने छुट कसैलाई पनि नभएको बताइन् ।
अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट सुनिल जैसवाललाई अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन साहले निर्देशन दिएकी थिइन् । गैरजिम्मेवारी र लापरवाहीका कारण सरकारी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति आमनागरिकको विश्वास गुम्दै गएको भन्दै साहले संवेदनशिल विषयमा गम्भिर र जवाफदेही भएर काम गर्न आग्रह गरेकी छिन् ।
प्रदेशसभा सदस्य समिरले अनुगमनका क्रममा देखिएका कमि कमजोरी सच्याउन मेडिकल सुपरीटेण्डेन्ट जैसवाललाई आग्रह गर्दै अस्पतालको सेवा व्यवस्थित बनाउनका लागि आफूहरुको सहयोग रहने बताए ।