चीनको मेनल्याण्डमा लक्षणविहीन कोरोना संक्रमित बढ्दै
बेइजिङ : चीनको मेनल्याण्डमा ४२४७ कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित भेटिएका छन्।
शनिबार ३ हजार ९१३ जना कोरोना संक्रमित निको भएका छन्।
हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।