माया हत्याका आरोपित सार्वजनिक

माया हत्याका आरोपित सार्वजनिक

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । 

उनलाई आइतबार राति नै बैतडी ल्याइएको हो ।  प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकानरी दिए । 

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक  शाहीले बताए । 

मायाको हत्या गरिसकेपछि मायाँसँगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाँटीमा छुरा प्रहार गरेको र नेहाले भागेर ज्यान जोगाउन सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

१३ गते लुगा सिलाउन भन्दै माया आफ्नै भदै नेहा लुहारसँग कुलाउ बजार आएकी थिइन् । साँझ अबेरसम्म पनि घर नफर्किएपछि दुबैको खोजी भएको थियो । खोजी गर्दा भोलिपल्ट १४ गते बुधबार नेहा घाइते अवस्थामा भेटिएकी थिइन् भने मायाको हत्या गरिएको अवस्थामा टेलिकमको टावर नजिकै शव फेला परेको थियो ।

मृतक मायाका दाजु टिंकुराम लुहारले १५ गते भरतको नाममा किटानी जाहेरी दिएका थिए ।  भरतराम कोली सशस्त्र प्रहरी बल नेपाल हूल तथा दंगा व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत छन् । कोली मंसिर ७ गते विदामा घर आएको खुलेको छ । मृत माया स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत थिइन् ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्धा शीर्षकमा सोमबार  जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ। 

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.