महिला स्वास्थ्य स्वयमसेविकालाई थर्ममिटर र बीपी सेट
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क-६ नरपानीका महिला स्वास्थ्य स्वयमसेविकालाई डिजिटल थर्ममिटर र बीपी सेट वितरण गरिएको छ।
वडाध्यक्ष स्वास्थ्य प्याकेज कार्यक्रम अन्तर्गत वडामा रहेका १८ जना स्वास्थ्य स्वयमसेविकालाई एकेक सेट डिजिटल थर्ममिटर र डिजिटल बीपी सेट प्रदान गरिएको वडाध्यक्ष श्रीधर महत्राले बताए।
स्वयमसेविकालाई खाजा खर्च बापत ५५ सय नगद रुपैयाँ पनि प्रदान गरिएको वडा सचिव सीता बीसीले जानकारी दिइन्।