बीबीसीको १००  प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परिन् प्रियंका चोपडा

बीबीसीको १००  प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परिन् प्रियंका चोपडा

वासिङटन डिसी :  बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा  र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह आदि छन्। 
 

बीबीसीले हरेक वर्ष विश्वभरका तल्लो तहका मुद्दाहरूमा काम गर्ने महिला स्वयंसेवकहरूबाट विश्वका महिला नेताहरूको कथा र उपलब्धी संसारसामु ल्याउँछ। सन् २०१२ मा दिल्ली सामूहिक बलात्कारपछि महिलासँग सम्बन्धित समाचार सञ्चारमाध्यममा प्रचारप्रसार गर्न ‘१०० महिला’ कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम अहिले दशौं वर्षमा पुगेको छ । यस वर्षको कार्यक्रमको नारा ‘प्रगति’ रहेको छ । यो सिजनले पछिल्लो दशकमा आएका परिवर्तनहरूलाई हेर्नेछ। 
 
यस वर्ष ‘१०० महिला’ अन्तर्गत बीबीसीको टिभी, रेडियो, आइप्लेयर र वेबसाइटलगायत अन्य माध्यमबाट विशेष कार्यक्रम प्रसारण गरिने भएको छ ।

यस पटक अमेरिकी गायक बिली इलिशसँगै भारतीय अभिनेत्री प्रियंका चोपडा, अपाङ्गता अधिकार अधिवक्ता सेल्मा ब्लेयर र हलिउड आइकन रिटा मोरेनाको अन्तर्वार्ता पनि प्रसारण हुनेछ।

यी अन्तर्वार्ताहरू बीबीसी आइप्लेयर, बीबीसी वर्लड न्युज र बीबीसी.सिओ.युकेमा प्रशारण गरिन्छ। यस सिजनमा महिलाको प्रजनन अधिकार उल्लङ्घनसँग सम्बन्धित वृत्तचित्र पनि प्रशारण हुनेछन् ।
 
बीबीसीका महानिर्देशक टिम डेभीले भने- 'यो वर्ष बीबीसीको १०० महिलाको सूचीमा परेका महिला उत्कृष्ट छन् । उनीहरुले आफ्नो कामबाट समुदाय र समाजमा योगदान पुर्‍याएका छन् । मलाई गर्व छ कि बीबीसीले यी महिलाहरूलाई अगाडि ल्याउन र हाम्रो प्रथम श्रेणीको पत्रकारिता र कथा कथन प्रयोग गरेर उनीहरूका कथाहरू विश्वभर फैलाउन महत्त्वपूर्ण काम गरिरहेको छ।'

बलिवुडकी सर्वाधिक चर्चितमध्येकी एक अभिनेत्री प्रियङ्का चोपडाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्। सन् २००२ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी पूर्वमिस वर्ल्ड समेत हुन्। सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज 'क्वान्टिको'मार्फत्‌ उनले हलिवुडमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एशियाली अभिनेत्रीकी रूपमा इतिहास रचिन्।

उनले हलिवुडकै इजन्ट इट रोमान्टिक र द म्याट्रिक्स रिसरेक्सनस्‌मा पनि अभिनय गरेकी छन्। उनी स्वयंले पनि चलचित्र निर्माण कम्पनी स्थापना गरी भारतमा चलचित्र निर्माण गर्दै आएकी छन्। चोपडा युनिसेफकी सद्भावनादूत हुन् जसमार्फत्‌ उनले बालबालिकाको अधिकारका साथै बालिकाहरूको शिक्षाको निम्ति अभियानहरू सञ्चालन गर्छिन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.