को हुन् बीबीसीको १०० प्रभावशाली र प्रेरणादायी महिलामा परेकी स्नेहा?

को हुन् बीबीसीको १०० प्रभावशाली र प्रेरणादायी महिलामा परेकी स्नेहा?

वासिङटन डिसी : स्नेहा जवाले भारतकी सामाजिक अभियानकर्मी हुन्। उनको विवाह सन् २००० को डिसेम्बरमा भएको थियो। उनका अभिभावकले विवाहपछि थप दाइजोको माग पूरा गर्न सकेनन् । त्यसपछि स्नेहा जवालेका श्रीमान्‌ले उनीमाथि मट्टितेल छर्किएर आगो लगाइदिए।

त्यसपछि पनि स्नेहाको परिवारले प्रहरीमा उजुरी दिएनन्।  उनका पति आफैंले उनको छोरा लिएर स्नेहाला छाडेर गए। त्यसपछि उनले आफ्नो जीवन पुन: खडा गर्ने दृढ सङ्कल्प गरिन्। मानिसहरूलाई आफ्नो अनुहार देखाउन नपर्ने गरी उनी ट्यारोट कार्ड पढ्ने र पटकथा लेख्ने काम सुरु गरिन्।

जवाले अहिले सामाजिक अभियानकर्मी हुन्। उनलाई सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारको घटना र हिंसा भोगेकाहरूको अनुभवमा आधारित नाटक निर्भयामा अभिनय गर्ने अवसर जुर्‍यो। विश्वभरिका दर्शक सामु प्रस्तुति दिएपछि उनले आफूभित्रको डर जित्दै गइन्। 

उनी भन्छिन्, 'पछिल्लो दश वर्षमा आगोले जलाइएका र एसिड आक्रमणका पीडितहरूलाई हेर्ने सामाजिक दृष्टिकोण केही परिवर्तन भएको छ। म आफूलाई कुनै मिस वर्ल्ड वा मिस युनिभर्सभन्दा कम आक्दिनँ। म सुन्दर छु र यो कुरा गर्वका साथ भन्न सक्छु।'

'बीबीसी १०० महिला'ले हरेक वर्ष संसारभरिका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम प्रस्तुत गर्ने गर्दछ। यसमा ती १०० जनाको जीवनकाबारेमा डक्युमेन्ट्रीहरू, फिचरहरू र अन्तर्वार्ताहरू प्रस्तुत गरिन्छ। 
 
बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, भारतकी स्नेहा जवाले, अभिनेत्री प्रियङ्का चोपडा  र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह आदि छन्। 
 
बीबीसीले हरेक वर्ष विश्वभरका तल्लो तहका मुद्दाहरूमा काम गर्ने महिला स्वयंसेवकहरूबाट विश्वका महिला नेताहरूको कथा र उपलब्धी संसारसामु ल्याउँछ। सन् २०१२ मा दिल्ली सामूहिक बलात्कारपछि महिलासँग सम्बन्धित समाचार सञ्चारमाध्यममा प्रचारप्रसार गर्न ‘१०० महिला’ कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम अहिले दशौं वर्षमा पुगेको छ । यस वर्षको कार्यक्रमको नारा ‘प्रगति’ रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.