इन्डोनेसियामा विवाहअघिको यौन सम्बन्ध बन्देज

इन्डोनेसियामा विवाहअघिको यौन सम्बन्ध बन्देज

एजेन्सी : इन्डोनेसियाको संसदले विवाहअघि यौनसम्पर्क र विवाहेत्तर सम्बन्धलाई अपराध मान्ने गरी विधेयक पारित गरेको हो। मंगलबार बसेको संसद बैठकले नयाँ विधेयक पारित गरेको हो। 

दोषी प्रमाणित भए जेल सजायको व्यवस्‍था पनि गरिएको छ। विवाहेत्तर सम्बन्धलाई अपराधको श्रेणीमा राखिएको छ।

बीबीसीका अनुसार यो कानुन इन्डोनेसिया नागरिक र त्यहाँ रहने विदेशीहरुलाई लागू हुनेछ। इन्डोनेसियाका कानुन मन्त्रीले नयाँ फौजदारी संहिता तीन वर्षपछि मात्रै लागू हुने बताएका छन्।

समाचार एजेन्सी एएफसीका अनुसार इन्डोनेसियाका सामाजिक कार्यकर्ताहरुले कानुनको विरोध गरिरहेका छन्।

यसले मुस्लिम बाहुल्‍य देशमा नागरिकहरुको स्वतन्त्रता खोस्न सक्ने उनीहरुको भनाइ छ। इन्डोनेसियाका कानुन तथा मानवअधिकार मन्त्री  यासोना लियोलीले भनिन्,' हामीले सबै महत्वपूर्ण मुद्दा र फरक विचारलाई मिलाउन सक्दो प्रयास गरेका छौं। औपनिवेशिक युगमा भएका कानुन संशोधन गर्ने बेला आएको छ।'

नयाँ कानुन लागू भएपछि इण्डोनेसियामा रहने एलजीबीटीक्यू समुदाय बढि प्रभावित हुने देखिन्छ। किनभने यहाँ समलिंगी विवाहलाई मान्यता छैन।  कानु मन्त्रालयका प्रवक्ता अल्बर्ट एरिसले नयाँ कानुनले विवाहजस्ता संस्थाहरुलाई बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.