छुटेको सामान फेला पारी पीडितलाई बुझाइयो
भक्तपुर : बसमा छुटेको सामान फेला पारी प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
सोमबार बिहान पौने ११ बजे भाडाको बसमा भक्तपुरको कौशलटारबाट काठमाडौंको तीनकुने जाने क्रममा छुटेको काठमाडौं महानगरपालिका-३२ बस्ने जयप्रसाद पराजुलीको छुटेको सामान भेटाई प्रहरीले उपलब्ध गराएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पराजुलीले सामान छुटेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरीले गाडी पहिचान गरी सामान भेटाएर पराजुलीलाई दिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
छुटेको झोलाभित्र राहदानी, ल्यापटप, खामभित्र एक सय दरको ४६ वटा अमेरिकी डलर, कालो पर्स र पर्सभित्र विभिन्न बैंकका एटिएम, डेविड कार्ड र क्रेडिट कार्ड रहेको थियो।