भक्तपुरमा आयुर्वेद अस्पताल निर्माण गरिने
![भक्तपुरमा आयुर्वेद अस्पताल निर्माण गरिने](https://annapurnapost.prixacdn.net/media/albums/bktphoto_20221206182557_DKdOXIzRKC.jpg)
भक्तपुर : भक्तपुरमा आयुर्वेद अस्पताल निर्माण गरिने भएको छ। त्यसका लागि जिल्लाका दुईवटा नगरपालिकामा जग्गा खोजी सुरु भएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले यसका लागि योजना बनाएको हो। जिल्लावासीलाई आयुर्वेद उपचार पद्धतिबाट उपचार गरी स्वास्थ्य जीवनशैलिमा सहयोग गर्न योजना बनाइएको केन्द्रका प्रमुख आयर्वेद चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले बताए।
केन्द्रले वार्षिक १४ हजार बिरामीलाई सेवा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)