'प्रचण्डलाई सरकारमा नजान दवाव दिन्छौँ, कांग्रेस-एमाले सरकार बने स्थायित्व आउँछ' (भिडियो वार्ता)
काठमाडौं: आगामी सरकार गठनको विषयमा छलफल र बहस जारी छ। सत्ता साझेदार दल नेकपा माओवादीभित्र आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने तर्क नेताहरूको छ।
नेकपा माओवादीकै नेतृत्वमा सरकार बनेमात्र आफूहरू सरकारमा जानुपर्ने मत राख्छन् पोलिटव्यूरो सदस्य हिमाल शर्मा । अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै शर्माले भने, 'नेतृत्व आफ्नै हुने भए ठीकै छ अन्यथा कांग्रेस-एमालेको सरकार बनोस्, शान्ति प्रकियाका बाँकी काम पनि पूरा होस् ।' यसबारे निर्णय गर्न तत्काल नेतृत्वले बैठक बोलाउनु पर्ने उनले बताए ।
सँधै पार्टी सरकारमा जाँदा कमजोर भएकाले माओवादीमा अहिलेको चिन्ता सरकारको नभइ पार्टीको भएको उनको भनाइ छ ।
शर्मासँग गरिएको कुराकानी हेर्नुहोस् ।