जापानी फुटबलको भाष्य

जापानी फुटबलको भाष्य

दोहा : जापान लगातार चौथो पटक फिफा विश्वकपको अन्तिम १६ मा पुग्यो र चारै पटक अन्तिम १६ बाटै बाहिरियो पनि। जापानको यो शृंखलाको अन्तिम परिदृष्य सोमबार राति क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को पराजय थियो।

अपेक्षा र प्रदर्शन

जापानी प्रशिक्षक हाजिमी मोरियासुले जापानको प्रमुख लक्ष्य क्वार्टरफाइनल पुग्ने बताएका थिए। त्यमे लक्ष्यमा उनी सफल भए पनि विश्वकपमा अभूतपूर्व सफलता हासिल गर्न भने सकेन। तर, पूर्वविश्व विजेता जर्मनी र स्पेनविरुद्ध २–१ को जित भने जापानले विश्व फुटबलमा का सुधार गरेको प्रमाण हो। ‘हामी फेरि एक पटक अन्तिम १६ को पर्खाल भत्काउन असफल भयौं। तर, हाम्रा खेलाडीले फुटबलको नयाँ अध्याय देखाएका छन्’, मोरियासु भन्छन्। प्रशिक्षक मोरियासुले सुधार गर्नुपर्ने धेरै ठाउँ भए पनि जापानी टोली जुनसुकै टिमको सामना गर्न तयार रहेको बताउँछन्।

को बाहिरिए ?

फुलब्याक युटो नागाटोमो (३६) र गोलरक्षक इजी कावासिमा (३९) जापानको विश्वकप टोलीमा थिए। क्रोएसियाविरुद्धको पराजयसँगै बाहिरिएका यी खेलाडी सम्भवः कहिल्यै विश्वकपमा खेलाडी भएर फर्किने छैनन्। नागाटोमोले कतारमा सबै (चार) खेल खेल्दा गोलरक्षक कावासिमा बेञ्चमै सीमित भए। तर, मैदानमा उनको भूमिका आवश्यक नपरे पनि युवा टोलीका लागि मार्गनिर्देशकको जिम्मेवारी उनले पूरा गरेका छन्।

कप्तान तथा डिफेन्डर माया योसिडाले तेस्रो पटक विश्वकप खेलेका थिए। उमेरले ३४ वर्ष पूरा गरिसकेका योसिडाको पनि सम्भवः यो अन्तिम विश्वकप हो। ‘मसँग यो क्षणको बयान गर्न कुनै शब्द छैन’, भेट्रान नागाटोमोले क्रोएसियाविरुद्धको हारपछि भने, ‘हामीले सक्ने जति सबै गर्‍यौं। अन्तिमसम्म प्रयास गरेकै हौं। अब युवा खेलाडीले हाम्रो पदचाप पछ्याउनु पर्छ। उनीहरूबाटै जापानी फुटबलको भविष्य 
उज्ज्वल बन्नेछ।’

अर्को को ?

विश्वकपपछि तीन नाम जापान भन्ने बित्तिकै आउँछन्। जर्मन क्लब एससी फ्राइबर्गका मिडफिल्डर रित्सु डोआले विश्वकपमा दुई गोल गरे। उनी भविष्यमा जापानी टोलीको मेरुदण्ड बन्ने छन्। अर्का खेलाडी काओरु मिटोमा हुन्। ब्राइटनबाट उत्कृष्ट लयमा रहेका मिटोमाले पनि आफूलाई प्रभावशाली खेलाडीका रूपमा स्थापित गरेका छन्।

मिटोमा क्रोएसियाविरुद्ध पेनाल्टीमा असफल हुने तीनमध्ये एक खेलाडी हुन्। रियल सोसिएडाडका २१ वर्षीय अट्याकर ताकेफुसा कुबो धेरै आस गरिएका र क्षमतावान खेलाडी हुन्।

अब के ?
चार पटकको च्याम्पियन जापान एसियन कपमा छनोट भइसकेको छ। जनवरी २०२४ मा हुने तय भएको यो प्रतियोगिता कोभिड १९ का कारण चीनबाट कतार सारिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.