न्यायाधीशविरुद्ध यौन शोषणको आरोप

न्यायाधीशविरुद्ध यौन शोषणको आरोप

कपिलवस्तु : कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि यौन शोषण गरेको आरोप लागेको छ। एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीले मुद्दा दर्ता नगरेपछि ती महिलाले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायतका निकायमा मुद्दा दर्ता गराइ पाउनका लागि उजुरी दिएकी छिन्। सोही उजुरीका आधारमा मानवअधिकार आयोगले यो विषयमा विशेष चासो दिएको छ। आयोगबाट कपिलवस्तु प्रहरीलाई सोधपुछ गरेको र सोको जवाफ पनि पठाइसकेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।

मानव अधिकार आयोगका अनुसार, महिलाको उजुरीमा न्यायाधीश गिरीमाथि पीडितलाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको आरोप छ। आरोपित गिरीले आफूमाथि विभिन्न माग गरेको र त्यो पुरा गर्न नसक्ने भएकाले यौन शोषणको आरोप लगाएको प्रतिकृया दिएका छन्। उनले आपसी छलफलपछि सो मुद्दा फिर्ता लिई तामेलीमै राखिएको समेत दाबी गरेका छन्। ‘आफ्नो पद र मर्यादाका कारण आजसम्म उनले जे–जे भन्दै गइन् पुरा गर्दै गएँ। तर, अहिले आएर हुँदै नभएको आरोप लगाएका कारण अब म उनको आरोप विरुद्ध प्रतिवाद गर्न उभिएको छु,’ न्यायाधीश गिरीले भने। 

शारीरिक बन्धक तथा यौन शोषणको घटना भए नभएको यकिन भएपछि मात्र मुद्दा दर्ता गर्ने नगर्ने टुंगोमा पुग्ने प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए। राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले न्यायाधीश गिरीलाई सोधपुछ र अनुसन्धान सुरु गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.