भारतले रुस–युक्रेन युद्धको फाइदा उठाइरहेको युक्रेनको आरोप

भारतले रुस–युक्रेन युद्धको फाइदा उठाइरहेको युक्रेनको आरोप

किभ : युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले मंगलबार सार्वजनिक रूपमा भारतले रुस–युक्रेन युद्धको फाइदा उठाएको आरोप लगाएका छन् ।

अङ्ग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचार अनुसार कुलेवाले भारतीय पक्षले यसलाई युक्रेन युद्ध भनेकोमा पनि प्रश्न उठाएका छन् ।

उनले भने, ' भारतले 'हाम्रो पीडाबाट फाइदा लिइरहेको छ भने हामीलाई दिइने सहयोग बढाउन त सक्छ।' यस वर्षको फेब्रुअरी २४ मा रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै भारत सरकारले युक्रेनलाई मानवीय सहायता प्रदान गर्दै आएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको भनाइ सार्वजनिक भएपछि कुलेवाले भारतबारे यस्तो बताएका हुन् । जयशंकरले भारतले अझै पनि युरोपियन युनियनको तुलनामा धेरै कम मात्रामा रुसी तेल खरिद गरिरहेको दोहोर्‍याए।

कुलेबाले भने, ‘युरोपियन युनियनमा औंला उठाएर उनीहरुले पनि त्यस्तै गरिरहेका छन्’ भनेर मात्र पुग्दैन किनभने भारतले सस्तो रुसी तेल खरिद गरेर पैसा बचत गर्ने अवसर पाएको युरोपेली संघले पनि रुसबाट  तेल किनिरहेकोले हैन। यो त रुसी युद्धका कारण युक्रेनी जनता पीडा र मर्न बाध्य भएकाले हो।'

आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै भारतले युक्रेन युद्ध सुरु भएदेखि नै सस्तो दरमा उपलब्ध रुसी तेलको आयात बढाएको छ ।
 
द हिन्दुमा प्रकाशित समाचारका अनुसार संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले मंगलबारको संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भारतले लगातार वार्ता सुरु गर्नेतर्फ अघि बढिरहेको बताएकी छन् ।

उनले भने, 'भारतले हिंसा तत्काल रोकिनुपर्छ भन्ने अडान राख्दै आएको छ। भारतले दुवै पक्षलाई कूटनीति र संवादतर्फ अघि बढ्न आग्रह गरेको छ। र द्वन्द्व अन्त्यका लागि सबै कूटनीतिक प्रयासलाई समर्थन गर्ने छ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.