जेष्ठ नगारिकाको अक्षयकोषका लागि सप्ताह पुराण
धरान: जेष्ठ नागरिकको अक्षय कोष स्थापनाका लागि धरान-६ पानवारीमा श्रीमद् भगवत सप्ताह महायज्ञको आयोजना गरिएको छ।
जेष्ठ नगरिकलाई समस्या परेको बेला सहयोग गर्ने, तिर्थ भ्रमण गराउने उदेश्यले अक्षय कोष स्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ आयोजक समितिका अध्यक्ष बासुदेव गौतमले बताए।
उनले अक्षयकोषमा राखेको रकमको ब्याजबाट जेष्ठ नागरिकको हकहित र उपचारमा खर्च गरिने बताए ।
महायज्ञ सुरुभएको दोस्रो दिन सम्ममा नै विभिन्न दाताले ५ लाख रुपैयाँ दान गरेको अध्यक्ष गौतमले बताए । महायज्ञमा सबैभन्दा धेरै स्थानीय राधाकृष्ण धमलाले २ लाख र मदनबहादुर कुवरले एकलाख रुपैयाँ दान गरेका छन्।