महाभियोगपछि पेरुका पूर्वराष्ट्रपति कास्टिलो हिरासतमा : पहिलो महिला राष्ट्रपति बनिन् डिना बोल्वार्टे

महाभियोगपछि पेरुका पूर्वराष्ट्रपति कास्टिलो हिरासतमा : पहिलो महिला राष्ट्रपति बनिन् डिना बोल्वार्टे

पेरु : बुधबार पेरुको राजनीतिमा उथलपुथल भयो। देशले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । यसअघि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोले संसद विघटन गर्ने प्रयास गरेकाले उनलाई महाभियोग लगाएर पदबाट हटाइएको हो।

नाटकीय घटनाक्रमका बीच पूर्व उपराष्ट्रपति डिना बोल्वार्टेले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् ।  

सांसदहरूले कास्टिलोलाई महाभियोग लगाउन र पदबाट हटाउन आकस्मिक बैठक बोलाए। यसपछि कास्टिलोलाई हिरासतमा लिइयो । उनलाई विद्रोही भएको आरोप लगाइएको थियो।

पेशाले वकिल, ६० वर्षीय बोल्वार्टेले पदभार सम्हालेपछि आफू सन् २०२६ को जुलाईसम्म राष्ट्रपति रहने बताइन् । पेड्रो कास्टिलोको कार्यकाल पनि सोही समयमा समाप्त हुने थियो ।

सपथ ग्रहण गरेपछि, बोलुआर्टेले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न राजनीतिक शान्ति सम्झौतामा जोड दिइन्। उनले भनिन्, ‘म देश बचाउन अलिकति समय चाहन्छु ।'

बुधबारको उक्त घटनाको सुरुवात पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजन सम्बोधनमा आपतकालिन अवस्थाको घोषणा गरेपछि भयो।उनले विपक्षी नियन्त्रित कांग्रेस विघटन गर्ने घोषणा गरेका थिए। त्यसपछि धेरै मन्त्रीहरूले विरोधमा राजीनामा दिन थाले। संवैधानिक अदालतका प्रमुखले कास्टिलोलाई कूको प्रयास गरेको आरोप लगाएका छन्।

अमेरिकाले पनि कास्टिलोलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । यसपछि, पेरुभियन पुलिस र सशस्त्र बलले एक संयुक्त विज्ञप्ति जारी गर्‍यो जसमा उनीहरूले संवैधानिक आदेशप्रति सम्मान व्यक्त गरेका थिए।

कास्टिलोले जुलाई २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए। त्यसयता उनीमाथि तीन पटक महाभियोग लगाइएको छ । विपक्षी दलहरूले बुधबार आपतकालीन बैठक बोलाएर महाभियोग प्रस्तावमा मतदान गराएका थिए।

पेड्रो कास्टिलोलाई पदबाट हटाउनका लागि १०१ मत खसेको थियो भने विपक्षमा ६ जना मात्र थिए । १० सांसदले मतदानमा भाग लिएनन् ।

कास्टिलोलाई कार्यालयबाट हटाइएपछि प्रहरी परिसरमा देखिएका थिए। उनलाई पछि हिरासतमा लिइयो र संवैधानिक आदेशको अवज्ञा गरेको आरोपमा विद्रोही भएको आरोप लगाइयो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.