कप्तान हाजार्डको दुखद् बिदाइ

कप्तान हाजार्डको दुखद् बिदाइ

ब्रसेल्स : बेल्जियमलाई चार वर्ष अघिको विश्वकपमा तेस्रो बनाएका कप्तान इडेन हाजार्डको राष्ट्रिय टिमबाट सुखद् बिदाइ हुन सकेन। कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएसँगै हाजार्डले ३१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय करियरमा बिट मार्ने निर्णय गरेका हुन्।

सन् २००८ मा १७ वर्षको उमेरमा बेल्जियमको राष्ट्रिय टिमबाट डेब्यु गरेका हाजार्डले रेड डेभिल्सका लागि एक सय २६ खेलमा ३३ गोल गरेका छन्। ‘एक पाना आज पल्टिने छ’, प्लेमेकर हाजार्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुपम माया र साथका लागि धन्यबाद। सन् २००८ देखि यी सबै खुसीका लागि धन्यबाद। मैले अन्तर्राष्ट्रिय करियर टुङ्ग्याउने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्। मिस यू...’

हाजार्ड चार वर्षअघि रुसमा सेमिफाइनल पुग्दा बेल्जियका प्रमुख सदस्य थिए। उनको टिम त्यो सिजन च्याम्पियन बनेको फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो। त्यसपछि इङ्ल्यान्डलाई हराउँदै तेस्रो बनेको थियो। हाजार्डकै कप्तानीमा तेस्रो बनेको बेल्जियमको विश्वकपमा त्यो नै सबैभन्दा ठूलो उपलब्धि हो।

हाजार्ड १४ वर्षअघि लक्जेमबर्गविरुद्ध डेब्यु गर्दा बेल्जियमबाट राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने आठौं कान्छो खेलाडी बनेका थिए। त्यसपछि उनले तीन विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गरे। दुई पटक युरोपियन च्याम्पियनपसिप खेलेका हाजार्डले ५६ खेलमा कप्तानी गरे। हाजार्डले कतारमा समूह चरणका तीनै खेल खेले। क्यानडानविरुद्ध बेल्जियम १–० ले विजयी हुँदा उनकै गोल निर्णायक बनेको थियो। समूह चरणमै मोरक्कोसँग २–० ले पराजित भएर क्रोएसियासँग गोलरहित बराबरीमा रोकिँदा बेल्जियमको यात्रा समूह चरणमै सीमित भएको थियो।

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि विश्वकपबाट बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए। हाजार्ड सन् २०१९ मा इङ्लिस क्लब चेल्सीबाट करिब एक सय ५० मिलियन पाउन्डमा रियल म्याड्रिड पुगेका थिए। स्टाम्फोर्ड ब्रिजमा सात वर्ष बिताउँदा उनले दुई पटक प्रिमियर लिग, एफए कप, ईएफएल कप र दुई पटक युरोपा लिगको उपाधि उचालेका थिए।

स्पेन पुगेयता चोटले ग्रस्त भएका हाजार्डले इङ्ल्यान्ड हुँदाको लय समात्न सकेका छैनन्। यद्यपि, उनले त्यहाँ दुई पटक ला लिगा र च्याम्पियन्स लिग जितेका छन्। गत मेमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा उनी प्रयोग नगरिएका सब्स्टिच्युट थिए।

जारी सिजन उनले कार्लो एन्सेलोटीको म्याड्रिडमा ६ खेल मात्रै खेलेका छन्। उनले सन्न्यासको घोषणा गरेसँगै बेल्जियन फरवार्ड मिची बाट्सुवायीले ‘महान्’ भनेका छन्। यस्तै, बेल्जियन गोलरक्षक सिमोन मिन्योलेटले ‘सबै रमाइला क्षणका लागि धन्यबाद इडेन्...’ लेखेका छन्। उनको पूर्वक्लब चेल्सीले ‘बेल्जियमका सर्वकालीन महानमध्ये एक’ भनेर सम्बोधन गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.