अफगानिस्तानमा हत्यारालाई मृत्युदण्ड :  मृतकका बुबालाई गोली हान्न लगाइयो

अफगानिस्तानमा हत्यारालाई मृत्युदण्ड :  मृतकका बुबालाई गोली हान्न लगाइयो

काबुल : अफगानिस्तानमा हत्यामा दोषी ठहर एक अभियुक्तलाई मृतकका बुबालाई गोली हान्न लगाएर सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको छ।

तालिबान सत्तामा फर्किएयता मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। तालिबानका प्रवक्ताले देशको दक्षिणपश्चिमी फराह प्रान्तस्थित एउटा रङ्गशालामा धेरै मानिस भेला भएको बेला त्यसरी दिइएको बताएका छन्।

ती अभियुक्तलाई मृत्युदण्ड दिन उनले हत्या गरेका व्यक्तिका बुवाले तीन पटक गोली हानेका तालिबानका प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ। मृत्युदण्ड दिइएको हेर्न तालिबानका अधिकारीहरू पनि उपस्थित थिए।

अफगानिस्तानमा न्यायाधीशहरूलाई शरिया कानुनको पूर्ण पालना गर्न निर्देशन दिइएयता यसरी मृत्युदण्ड दिइएको हो।
 
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना शरिया कानुनअन्तर्गत सार्वजनिक स्थानमा मृत्युदण्ड दिइने, अङ्गच्छेदन गरिदिने र ढुङ्गाले हान्न लगाउने जस्ता सजाय कार्यान्वयन गर्न आदेश जारी गरेका थिए।

तर कस्तो अपराधमा कुन सजाय हुन्छ विषयमा तालिबानले थप व्याख्या गरेको थिएन।

तालिबान सत्तामा फर्किएपछि सार्वजनिक स्थानमा र रङ्गशालामा धेरै मानिसहरूका अगाडि कोर्रा लगाएर सजाय दिइने गरेको भए पनि मृत्युदण्ड दिइएको यो पहिलो घटना हो

तालिबानका प्रवक्ता जबिबुल्लाह मुजाहिदका अनुसार मृत्युदण्ड हेर्न सर्वोच्च अदालतका न्यायाधीशहरू, सैन्य अधिकारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी भएका थिए।

शरिया कानुनको कार्यान्वयन र व्याख्या गर्ने जिम्मेवारी पाएका तालिबानका सदाचार र दुष्कर्मसम्बन्धी मन्त्री मोहम्मद खालिद हनाफी पनि मृत्युदण्ड हेर्न उपस्थित भएका थिए। तर प्रधानमन्त्री हसन अखुन्द उपस्थित नभएको तालिबानको वक्तव्यमा उल्लेख छ।

तालिबानका अनुसार तज्मिर नाम गरेका व्यक्तिले पाँच वर्षअघि हेरात प्रान्तका गुलाम सर्वरका छोरालाई छुरी प्रहार गरेर मारिदिएका थिए।

उनलाई तालिबानका तीन तहका अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएका थिए। मृत्युदण्ड दिइनुअघि सर्वसाधारण नागरिकहरूलाई “रङ्गशालामा उपस्थित हुन सार्वजनिक सूचना” जारी गरिएको थियो।

हत्या गरिएका व्यक्तिकी आमालाई तालिबान नेताहरूले दोषी ठहर भएका व्यक्तिलाई क्षमादान दिन अनुरोध गरे पनि आफूले मृत्युदण्डको सजाय हुनैपर्ने अडान राखेको उनले बीबीसीसँग बताइन्।

'तालिबानले ईश्वरका नाममा उसलाई माफी दिन मसँग भिक्षा मागेका थिए। तर मैले उसलाई मारेर मेरो छोरालाई जसरी नै पुर्नुपर्छ भन्ने जबाफ दिएँ,' उनले भनिन्, 'अरूलाई पनि पाठ सिकाउन जरुरी छ। यसलाई छाडिदियो भने भविष्यमा अन्य अपराध पनि गर्न सक्छ।'
बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.