युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो : पुटिन

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो : पुटिन

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्। 

'निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,' पुटिनले भने।

फेब्रुअरी २४ मा रूसको आक्रमणबाट सुरु भएको नौ महिनाभन्दा लामो युद्धले लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ, र दशौं हजार घाइते वा मृत्यु हुनुपरेको छ । 

युद्धको लम्बाइ धेरै दिन हुने देखिएपनि तिनले ‘हाम्रो हितको लागि निरन्तर लड्ने र उपलब्ध सबै उपायहरू प्रयोग गरेर आफ्नो रक्षा गर्ने’ प्रतिज्ञा गर्दै कुनै सङ्केत देखाएनन् । उनले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षौंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई ‘अनुहारमा थुक्ने मात्र’ जवाफ दिएको बताए। 

रूसमा आफ्नो मानव अधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रूसका लागि महत्वपूर्ण परिणाम’ को रूपमा वर्णन गरे र भने, 'अजोभको सागर रूसको आन्तरिक समुद्र बनेको छ ।'

आफूले प्रशंसा गर्ने एक जना रुसी नेतालाई बारम्बार उल्लेख गर्ने एउटा ऐतिहासिक प्रसङ्गमा उनले थपे, 'पिटर द ग्रेटले पानीको त्यो स्रोतमा पहुँच प्राप्त गर्न लडेका थिए ।'

तीव्र युक्रेनी प्रतिरोधका कारण कीभ लिन असफल भएपछि, रूसले आक्रमणको सुरुवातमा दक्षिणी युक्रेनको व्यापक भूभाग कब्जा गर्यो र लगभग तीन महिनाको घेराबन्दीपछि मे महिनामा मारिउपोलको अजोभ बन्दरगाहको प्रमुख सागर कब्जा गर्यो । गत सेप्टेम्बरमा पुटिनले युक्रेनका दक्षिणमा खेरसन र जापोरिजझिया र पूर्वमा डोनेट्स्क र लुहान्स्क गरी चार वटा क्षेत्रलाई रूसी भूभागमा मा गाभिएको औपचारिक घोषणा गरेका थिए। 

यसपहिले सन् २०१४ मा युक्रेनको क्रिमियन प्रायद्वीपलाई पनि रूसी सेनाको नियन्त्रणमा लिई यो भूभाग आफ्नो भएको घोषणा गरेको थियो । 

पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे। 

'हामी पागल भएका छैनौं । आणविक हतियार के हो भन्नेबारे हामी पूर्ण जानकार छौं,' पुटिनले भने। उनले भने, 'हामीसँग ती हतियार छन् र ती अन्य कुनै पनि आणविक शक्तिको तुलनामा धेरै उन्नत र अत्याधुनिक छन् ।'

टेलिभिजनमा प्रशारित आफ्नो टिप्पणीमा रुसी नेताले आपूर्ति, घाइते सैनिकहरूको उपचार र सीमित परित्यागमा समस्या रहेको स्वीकार गरेका थिए। उक्त अबसरमा पुटिनले युक्रेनमा सेनालाई बलियो बनाउन सेप्टेम्बरमा आदेश दिएका तीन लाख जगेडा सैनिक बलको परिचालनको बारेमा छलफल गरेका थिए। 

पुटिनका अनुसार हालसम्म करिब एक लाख ५० हजार मात्र लडाकू युक्रेनी क्षेत्रमा खटाइएका छन् भने बाँकीलाई सेनाले तालिम दिइराखेको छ । क्रेमलिनले अर्को परिचालनको तयारी गरिरहेको हुनसक्ने अनुमानबारे पुटिनले भने, 'रूस र रूसी रक्षा मन्त्रालयले त्यसो गर्न आवश्यक ठानेको छैन ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.