गुजरातमा फेरि भाजपाको सरकार बन्ने निश्चित

गुजरातमा फेरि भाजपाको सरकार बन्ने निश्चित

एजेन्सी : गुजरात विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। गुजरातमा भारतीय जनता पार्टीको सरकार बन्ने करिब निश्चित भएको छ।

पछिल्लो मतपरिणामअनुसार भाजपा ७९ स्थानमा विजयी हासिल गरी अग्रस्थानमा छ भने ७८ स्थानमा लिड गरिरहेको छ।

यस्तै, भारतीय कंग्रेस आइले ३ स्थानमा विजयी भएको छ। कंग्रेसले १३ स्थानमा अग्रता लिएको छ।

बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो। गुजरातमा २७ वर्षदेखि भाजपाले शासन गर्दै आएको छ।

यसपटक भने आम आदमी पार्टी पनि कडा प्रतिष्पर्धाबीच चुनावी मैदानमा देखिएको छ। आम आदमी पार्टीले १ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अग्रता लिएको छ।

गुजरात विधानसभाको १८२ सिटका लागि दुई चरणमा निर्वाचन भएको हो। पहिलो चरणमा १९ जिल्लामा ८९ सिटका लागि मतदान भएको थियो। 

यसमा ६१ पार्टीका ८३३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

दोस्रो चरणमा १४ जिल्लाका ९३ विधानसभा सिटका लागि निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा ७८८ उम्मेदवार मैदानमा छन्।

गुजरातमा सरकार बनाउन कुनै पनि दलले कम्तिमा ९२ सिट जित्नु पर्छ।

२०१७ सालमा गुजरातको विधानसभा निर्वाचनमा १८२ सिटमध्ये ९९ सिट जितेर भाजपाले सरकार बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.