गर्भवती महिलाको झुटले टर्की उडेको विमान स्पेनमा आकस्मिक अवतरण, १४ यात्री फरार

गर्भवती महिलाको झुटले टर्की उडेको विमान स्पेनमा आकस्मिक अवतरण, १४ यात्री फरार

बार्सिलोना : मोर‍क्कोबाट टर्की उडेको विमान गत बुधबार स्पेनमा आकस्मिक अवतरण गर्नुपर्‍यो। एक गर्भवती महिलाले प्रसव पीडा भएको बताएपछि इस्तानबुलका लागि उडेको विमान बार्सिलोनामा आकस्मिक अवतरण गरेको थियो। अवतरणलगत्तै विमानमा सवार २२८ यात्रीमध्ये २८ जना भागेको समाचार एजेन्सी एएफपीले जनाएको छ। 

प्रहरीको अनुसन्धानबाट ती गर्भवती महिला प्रसव पीडामा नरहेको खुलेको छ। योजनाअनुसार नै ती महिलाले स्पेनमा आकस्मिक अवतरण गर्न बाध्य पारिएको बताइएको छ।

विमान अवतरण हुनेवित्तिकै ती महिलालाई अस्पताल पुर्‍याइएको थियो भने २८ जना यात्रीहरू सोही मौकाको फाइदा उठाएर भाग्न सफल भएका थिए। भागेका २८ मध्ये १४ जनालाई पक्राउ गरिए पनि बाँकी १४ जना फरार रहेको प्रहरीले जनाएको छ। गर्भवती महिलालाई भने हिरासत लिइएको छ। 

स्पेनमा पछिल्लो समय अप्रावसी समस्या बल्झिँदै गएको छ। अफ्रिकी मुलुकबाट लुकिछिपी आउनेको संख्या ह्वातै बढेको एजेन्सीहरुले उल्लेख गरेका छन्। गत जुनमा स्पेन प्रवेशका लागि आप्रवासीबीच भागदौड हुँदा १८ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.