चीनमा सवारी साधनको संख्या साढे ४१ करोड पुग्यो

चीनमा सवारी साधनको संख्या साढे ४१ करोड पुग्यो

बेइजिङ : चीनमा सवारी साधनको संख्या साढे ४१ करोड पुगेको छ। 

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सावर्जनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा त्यहाँ ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक  सूचीकृत भएका छन्।  

पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा  बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको मन्त्रालयको जारी तथ्यांकमा उल्लेख छ। 

सन् २०१४  देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको सङ्ख्यामा बढ्दो छ। 
हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ। 

त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो।

चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ। वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ।

सवारी साधन र चालक दुवैको सङ्ख्या  विश्वैमा पहिलो स्थानमा रहेको मन्त्रालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.