एलन मस्कले होटल जस्तो बनाए ट्वीटर कार्यालय

एलन मस्कले होटल जस्तो बनाए ट्वीटर कार्यालय

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेदेखि नै यसको भविष्यका विषयमा धेरै चर्चा हुने गरेको छ। वाक स्वतन्त्रतालाई प्रवद्र्धन गर्नु र असाधारण सम्भावनाको ढोका खोल्नु आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो। तर, काम त्योभन्दा फरक हुन थालेको ट्वीटरका पूर्वकर्मचारी बताउँछन्। भन्छन्, ‘अहिले ट्वीटरलाई मस्कले होटल जस्तो बनाए। भवनसंहिता उल्लंघन गरे। कर्मचारीलाई फरक रूपमा काम लगाए।’  

ती पूर्वकर्मचारीको भनाइसँगै अहिले ट्वीटरको कार्यालयमा बेडरुम र सोफा राखेका तस्बिरहरू देखिन थालेका छन्। बीबीसीका अनुसार ट्वीटर कार्यालयको खाली ठाउँलाई बेडरूममा रूपान्तरण गरिएको छ, जसलाई सान फ्रान्सिस्का अधिकारीहरूले सम्भावित भवन संहिता उल्लंघनको रूपमा अनुसन्धान गरिरहेका छन्।

सार्वजनिक एउटा तस्बिरमा चप्पलसहित डबल बेड भएको कोठा देखिएको छ। ट्वीटरका एक पूर्वकर्मचारीले नयाँ मालिक एलन मस्क आएदेखि नै कार्यालयलाई होटल जस्तो बनाएर उनी पनि मुख्यालयमा नै बस्दै आएको बताए। ‘उनले कर्मचारीलाई पनि अब काममा अत्यन्तै कट्टर हुन आवश्यक छ भन्ने इमेल गरेका थिए। र, फर्म किन्दादेखि नै मुख्यालयमा बस्दै आए,’ ती कर्मचारीले भने।  

सान फ्रान्सिस्कोको भवन निरीक्षण विभागले उजुरीपछि सम्भावित उल्लंघनहरूको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ। यता मस्क भने थाकेका कर्मचारीहरूलाई ओछ्यान उपलब्ध गराएको र यो विषयमा गलत धारणा बन्न थालेको प्रतिक्रिया दिन्छन्। भन्छन्, ‘थाकेका कर्मचारीहरूलाई ओछ्यान उपलब्ध गराएकोमा कम्पनीहरूलाई आक्रमण गरियो।’

मस्कले ट्वीटरको सुधार नभएसम्म र संगठन ठीक नभएसम्म कार्यालयमा नै सुत्ने बताउँदै आएका छन्। बीबीसीले ट्वीटरको कार्यालय ओछ्यानको रूपमा प्रयोग भइरहेको सोफाका तस्बिरहरू पनि प्रकाशित गरेको छ। पहिले छलफल हुने कोठामा अलार्म घडीसहित ओछ्यान बनाइएको बीबीसीले जनाएको छ। 

केही पूर्वकर्मचारीहरूले ट्वीटरलाई होटलमा सारिएको हुनसक्ने प्रतिक्रिया दिएका छन्। ‘यो होटलको कोठा जस्तो देखिन्छ,’ एक पूर्वकामदारले भने, ‘मस्क नियमित रूपमा सान फ्रान्सिस्को ट्वीटर मुख्यालयमा सुत्ने भएकाले कार्यालयमा होटल वा होटलमा कार्यालय पनि हुन सक्छ।’ मस्कले कम्पनीका सबै कर्मचारीहरूलाई छिटो र लामो समयसम्म काम गर्न आवश्यक रहेको बताएकाले कार्यालयमा नै सुत्नुपर्ने अवस्था आएको पनि हुनसक्ने समेत पूर्वकर्मचारी बताउँछन्। 

क्यालिफोर्निया राज्यका सिनेटर स्कट विनरले पनि ट्वीन्टरका कामदारहरू कार्यालयमा सुतिरहेको भेटिने गरेको बताए। भने, ‘अहिले मस्कले अन्य मानिसको वास्ता गर्दैनन्।’ भवन निरीक्षण विभागका एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई मस्कले जे गरे पनि भवन उद्देश्य अनुसार प्रयोग भइरहेको छ या छैन भन्ने जाँच गर्न आवश्यक रहेको बताएका छन्। भवन निरीक्षण विभागका अधिकारी प्याट्रिक हन्नानले आवासीय भवनहरूका लागि फरक नियम रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.