‘पश्चिम सेती भारतले बनाउँछ’

‘पश्चिम सेती भारतले बनाउँछ’

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतले बनाउने पक्कापक्की भइसकेको बताएका छन्। 

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको बिहीबार धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलविद्युत् आयोजना निर्माणका लागि भारतीय भरपर्दो कम्पनीले लाइसेन्स लिएकाले बन्ने जिकिर गरे। उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि पनि पश्चिम सेती आवश्यक थियो। भारतको कम्पनीले पश्चिम सेती बनाउनका लागि लाइसेन्स लिइसकेको छ। त्यो भरपर्दो कम्पनी हो। त्यसैले अब पश्चिम सेती बन्छ।’

पञ्चेश्वर परियोजना बनाउनका लागि भारत सरकार तयार रहेको बताउँदै उनले फेरि पनि भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने बताए। ‘भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री पञ्चेश्वर परियोजनाको विकासका लागि तयार हुनु भएको हो। म फेरि पनि भारतका प्रधानमन्त्रीसँग कुरा गर्छु। पञ्चेश्वर परियोजनाले नेपालको मात्रै होइन, भारतलाई पनि फाइदा गर्छ। भारत पनि बनाउन तयारै छ’, देउवाले प्रष्ट पारे। 

प्रधानमन्त्री देउवाले अहिले देशमा आर्थिक मन्दीको अवस्था रहेकाले सरकार त्यसको समाधानका लागि पहल गरिरहेको बताए। उनले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवका र ठूला आयोजनालाई सम्पन्न गर्न सरकारको प्राथमिकतामा रहेको बताए।

‘पश्चिम सेती र पञ्चेश्वर मात्रै होइन, सुदूरपश्चिमका लागि राष्ट्रिय गौरवको योजना रानी जमरा कुलरिया सिँचाइ आयोजना, महाकालीमा बनिरहेको चार लेनको पक्की पुल, दोधाराचादनीमा सुक्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्रजस्ता रोजगार दिलाउन सक्ने परियोजना सरकारका प्राथमिकतामा छन्। हामीले यी योजनाहरूको छिटो सम्पन्न गरि सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं’, प्रधानमन्त्री देउवाले जानकारी दिए। 

कोरोनाकालको स्मरण गर्दै भने, ‘मैले कोभिडको महामारीका बेला पनि भनेको थिए, खोप खोप खोप। मेरो कार्यकालमा सबैलाई खोपको ब्यवस्था गरेको छु। अझै पनि नयाँ नयाँ भेरियन्टका कुराहरू आइरहेका छन्। अब जनताले पनि ‘सेल्फ सेक्युरिटी’ गर्नुपर्छ। सरकारले अहिले कोभिड पूरै नियन्त्रणमा ल्याइसक्यो।’ 

डडेलधुराबाट स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गर्दै हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका देउवाले महोत्सवको उद्घाटनका क्रममा सरकारको गठन र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकरणबारे केही बोलेनन्। 

प्रधानमन्त्री देउवालाई महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्य १५ वटा माग र १५ किलोको माला पनि लगाइएको थियो। कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ को क्यालेन्डरमा महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवमा देशका कार्यकारी प्रमुखलाई बोलाउने र आफ्ना मागहरू बराबर फूलको माला हाल्ने परम्परा बसाइएको छ। २२ किलोको माला र २२ वटा मागबाट सुरु भएको महोत्सवमा अहिलेसमेत गरी देउवाले तीनपटक माग बराबरको माला लगाइसकेका छन्। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कँुवरको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतका वक्ताहरूले समृद्ध सुदूरपश्चिम विषयमा धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.