सरकार गठनमा पहलकदमी लिएका छैनौं, प्रतिपक्षमै बस्छौं : विष्णु पौडेल

सरकार गठनमा पहलकदमी लिएका छैनौं, प्रतिपक्षमै बस्छौं : विष्णु पौडेल

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै पौडेलले जनमतका हिसाबले एमाले ठूलो पार्टी भएपनि सरकारमा सहभागी नहुने बताए। पौडेलले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ, त्यसैले हामी सरकारमा जाँदैनौं ।’

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै उपाध्यक्ष पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए । सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु  र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने बताए ।

‘जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिदैनौं, सुरु भएका योजना पूरा गरेर छोड्छौं,'उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.