भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन (फोटो फिचर)
![भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Anti-corruption-rally-at-Nepalgunj-7_20221209130313_pKLOmui5P6.jpg)
नेपालगन्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार बिहान नेपालगन्जमा वाकाथन (पैदल म्याराथन) गरिएको छ ।
बास नेपालको आयोजना तथा अन्तरालको संयोजनमा सुर्खेतरोडको गणेशमान चोकबाट निकालिएको र्यालीले चारवाहिनी चोक, सदरलाइन, त्रिभुवन चोकहुँदै वीपी चोकमा पुगेर समापन गरिएको थियो ।
र्यालीमा सुरक्षाकर्मी, सरकारी अधिकारी, नागरिक अभियन्ता, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । बास नेपालले विगत केही वर्षयता भ्रष्टाचारविरुद्ध वाकाथन आयोजना गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)