बलेरी वन क्षेत्रबाट काँचो सालको काठ तस्करी

बलेरी वन क्षेत्रबाट काँचो सालको काठ तस्करी

रौतहट : जिल्लाको बृन्दावन नगरपालिका-१ मा रहेको रामलाल बृन्दावन साझेदारी वन क्षेत्रको बलरीखोर जंगलबाट दर्जनौ काँचो रुख काटेर लगेको पाइएको छ।

साझेदारी वनका पदाधिकारीहरू र वन कर्मचारीको मिलेमतोमा सर्लाही तथा रौतहटका काठ तस्करहरूले सालका रुखहरू काटेर लाने गरेको स्थानीयको भनाइ छ।

जिल्लाको बृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानीयको गुनासो छ। बलेरीबाट गत दुई हप्ताको अवधिमा २७ वटा सालको रुख काटेर तस्करले लगेको पाइएको छ।

केही वर्षअघिसम्म टायर गाडा, ट्रेक्टर , साइकल , जीपमा हुने गरेको काठ चोरी तस्करी पछिल्लो समय मोटरसाइकलमा हुने गरेको छ। 
व्यापक रूपमा भैरहेको  काठ चारी तस्करी तत्काल रोक्न स्थानीयले वन कार्यालयसँग माग गरेका हुन्। 

तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पुर्‍याउने गरेका छन। यता सो वन क्षेत्रका फरेष्टर रवीन्द्र कुश्वाहले आफू आएदेखि काठ तस्करी रोकिएको दाबी गर्दै आएका छन्।

आफू केही दिनअघि मात्रै सो क्षेत्रमा आएको बताउँदै आफू आएपछि एक जना काठ तस्करलाई पक्राउ गरेको फरेस्टर कुश्वाहले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.