गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री

गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री

गुजरात (एएनआई) : भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ। देसाईले भने, ‘भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ। गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा त्यसै बैठकमा गरिनेछ।’

भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भूपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको शपथ लिन लागेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित साह गान्धी नगरमा हुने शपथग्रहण समारोहमा सहभागी हुने बताइएको छ।

भाजपाले गुजरातको कुल १ सय ८२ सिटमध्ये १ सय ५६ सिट जितेको छ। सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.