आठ हजारभन्दा बढी भारतीय विदेशी जेलमा

आठ हजारभन्दा बढी भारतीय विदेशी जेलमा

एजेन्सी: आठ हजारभन्दा बढी भारतीय नागरिक अहिले विभिन्न देशका जेल कैदीबन्दी छन्।  तीमध्ये  चार हजार ३८९ जना खाडी देशका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले बताए।

उनले भने, 'मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारमा पुर्पक्षमा रहेको लगायतका कैदीको सङ्ख्या ८ हजार ४४१ छ।  जसमध्ये  चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा छन्।’

युएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै, राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए। 

'टिएसपी सम्झौता अन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको युएई पठाइएको छ', उनले भने।
 
दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि  यो विषय पुनः सार्वजनिक  चासोको मुद्दा बनेको हो।

डिसेम्बर १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीररूपमा लिइरहेको बताएका छन्।

प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिकरूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.