टुडिखेलमा साकेला नाचको रौनक (फोटोफिचर)
काठमाडौं : शनिबार राजधानीको टुडिखेलमा किराँतहरूले उधौली नाचेर उत्सव मनाएका छन्।
किराँतहरूले बैशाख पूर्णिमाको दिन उभौली पर्वसँगै पूजाआजा र नृत्य गरेर सुरु गरेको पर्व मंसिर पर्वमा उधौली नाचेर बिट मार्छन्।
गत बिहीबार मंसिर पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहे पनि राजधानीमा आएर विभिन्न पेशा व्यवसाय गरेर बसेका किराँतहरूले छुट्टीको दिन उधौली मनाएका हुन्।
टुडिखेलमा हजारौं युवा युवतीहरूले सोइ डोले सोई भन्दै कम्मर मर्काइ-मर्काइ साकेला नाच्दै थिए। किराँतहरूले खाने विभिन्न परम्परागत खाना र सरसामाग्रीका स्टल समेत राखिएको थियो।