वडासदस्यसँग सल्लाह नै नगरी निर्णय गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला

वडासदस्यसँग सल्लाह नै नगरी निर्णय गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला

तनहुँ: शुक्लागण्डकी नगरपालिका-९ मा वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको छ। वडाध्यक्ष धनबहादुर पुलामीले एकलौटी गरेको भन्दै वडासदस्य दिपक महतले वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका छन्। 

वडाको हरेक निर्णयमा वडाध्यक्ष पुलामीले वडासदस्यसँग सल्लाह र समन्वयन नगर्ने गरेको महतले बताए । आर्थिक वर्ष २०७९/०८० को बजेट बाँडफाँट र ढोरबाराही मन्दिरको नयाँ समिति गठन लगायतका कार्यहरुमा वडाध्यक्ष पुलामीले एकल निर्णय गरेको उनको आरोप छ।

वडासदस्य महतले भने, ‘हाम्रो वडाध्यक्षले आफू खुसी निर्णय गर्छन् । हामी वडासदस्यको कुनै भूमिका नै छैन । कुनै काममा पनि सल्लाह नगरी काम गर्न थालेपछि ताला लगाउन बाध्य भयौँ ।' आफूहरूलाई मुर्ती जस्तो बनाएको महतको आरोप छ । 

वडाध्यक्ष धनबहादुर थापा पुलामीले भने एकलौटी नगरेको बताएका छन् । सबैसँग सल्लाहमै निर्णय गर्ने गरेको उनले बताए। पुलामीले भने, ‘उहाँलाई हामीले प्रत्येक बैठकमा बोलाएका छौँ । बैठक पुस्तिका हेर्न सकिन्छ । सबै बैठकमा आउनु भएको छ। बैठक भत्ता लिने अनि निर्णय एकल गर्‍यो भन्ने ? यसो गर्न मिल्छ ?'

वडाका अन्य सदस्य बुद्धिमाया गुरुङ, सुनिता विक र कमल थापाले वडाध्यक्षबाट त्यस्तो एकल निर्णय नभएको बताउँछन्। वडा सदस्य महतको व्यवहार नै गलत भएको उनीहरूको भनाइ छ। यो वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.