रुसको ड्रोन आक्रमणबाट युक्रेनको पावर ग्रिड ठप्प, ओडेसाका १५ लाख परिवार बिजुलीविहीन
एजेन्सी : रुस र युक्रेनबीच लामो समयदेखि युद्ध जारी छ। युक्रेनका धेरै सहरमा क्षति गरेपछि रुसले ड्रोनबाट आक्रमण गर्न सुरु गरेको छ।
ड्रोनको आक्रमणबाट युक्रेनको पावर ग्रिड ठप्प हुँदा करिब १५ लाख परिवार अन्धकारमा बस्न बाध्य छन्।
एजेन्सीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणपछि ओडेसाका पावर ग्रिड अपरेटहरुसँग वार्ता भइरहेको बताएका छन्।
उनका अनुसार ग्रिड मर्मत गर्न अझै ३ महिना लाग्नेछ।
राष्ट्रपति जेलेन्स्कीले इरानी ड्रोन कामिकाजेको आक्रमणपछि ओडेसा र यस क्षेत्रका अन्य सहर र गाउँहरुमा अन्धकार छाएको बताए। ओडेसा क्षेत्रमा मात्रै डेढ लाख बढि मानिस बिजुलीबिहीन भएका छन्।
राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोसेन्कोले ओडेसाले विद्युत संकटको सामना गरिरहेको बताएका छन्।
हाल अस्पताल र प्रसूति वार्डलगायत अत्यावश्यक सेवामा मात्र विद्युत दिइरहेको छ।
यस क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा 'कामिकाजे ड्रोन' मार्फत आक्रमण गरिरहेको बताए।
त्यसपछि उर्जा प्राधिकरणका संचालकहरु हडतालमा उत्रिएका थिए। जसका कारण यस क्षेत्रका प्राय सबै क्षेत्रमा अन्धकार छ।
रुसले युक्रेनका प्रमुख भवनहरुमा दर्जनौं मिसाइल प्रहार गरेको छ। लगातार आक्रमणका कारण पहिलेदेखि जीर्ण अवस्थामा रहेको पावर ग्रिड पूरै क्षति पुगेको छ।