चिनियाँ कोमिनथाङ पार्टीको अध्यक्षमा चङ निर्वाचित
बेइजिङ : चिनियाँ कोमिनथाङको क्रान्तिकारी समितिको प्रमुखमा चङ चेनबाङ निर्वाचित भएका छन्।
शनिबार सम्पन्न १४ औं महाधिवेशनबाट चङ निर्वाचित भएका हुन्। अधिवेशसनबाट २१८ सदस्सीय केन्द्रीय कमिटी निर्वाचित भएका छन्।
यो चीनको गैरकम्युनिस्ट आठ पार्टीमध्ये एक हो। यसको स्थापना १९४८ जनवरीमा भएको थियो।