अफ्रिका र अरबमा फैलिएको मोरक्कोको खुसी

अफ्रिका र अरबमा फैलिएको मोरक्कोको खुसी

दोहा : विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेसँगै मोरक्कोका समर्थकका लागि खुसीको बाँध फुटेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चको अन्तिम चारमा मोरक्को पुग्दा कतारको अल थुमामा रंगशालादेखि मोरक्कोका गल्लीमा चर्को गर्जन, जयजयकार र नाचगान भयो।

मोरक्कोले पोर्चुगलविरुद्ध १–० को जित हासिल गर्दा त्यसको खुसी आइभरीकोस्टको अबिड्जानदेखि साउदी अरबको रियादसम्म छाएको थियो। अफ्रिकासँगै अरबले पनि मोरक्कोको अविस्मरणीय यात्राको खुसी मनायो। ‘उनीहरूले हामीलाई खुसी र गौरवान्वित बनाएका छन्। हामी पनि फाइनलसम्म पुग्न सक्षम छौं भनेर देखाएका छन्। अफ्रिका र अरबले समर्थन गरेको टिमको जितमा हामी साँच्चै खुसी छौं’, मोरक्कोको राजधानी राबाटकी सिहाम मोताहिरले भनिन्। रबाटका प्रत्येक रेस्टुरेन्ट, क्याफे र क्लब विश्वकप हर्ने समर्थकले भरिएका थिए।

राबाटमा मोरक्कोको झन्डासहित हजारौंको संख्यामा सिटी सेन्टरमा भेला भएर खेल हेरिरहेका थिए। पोर्चुगलविरुद्ध जित हासिल गर्दा मोरक्कोले जारी विश्वकपमा तेस्रो ठूलो युरोपियन मुलुकलाई हराएको थियो। जुन जितले इतिहास लेख्यो, र अफ्रिकासँगै अरबका मानिसहरूलाई पनि गौरवान्वित बनायो। ‘ऐतिहासिक र उत्कृष्ट नतिजा’, अफ्रिकन युनियनका अध्यक्ष म्याकी सालले ट्विटरमा लेखेका छन्, ‘एटलस लायन्स (मोरक्को) विश्वकपको सेमिफाइनलमा पुगेको छ, ब्राभो मोरक्को।’

अरबी र अफ्रिकन राजनीतिज्ञ र खेलकुदका नेतृत्वकर्ताहरूले मोरक्कोप्रति सम्मान व्यक्त गरिरहेका छन्। लिबियाका प्रधानमन्त्रीदेखि लिबिया, इराक, प्यालेस्टाइन, बहराइन र यूएईका उच्च अधिकारीले ट्विट गरेर बधाइ दिइरहेका छन्।‘उनीहरूले गजब गरे। वेल डन मोरक्को। लङ लिभ अफ्रिका’, आइभरीकोस्टका पूर्वस्टार डिडियर ड्रोग्बाले ट्विट गरेका छन्। अबिड्जानको एक क्याफेमा फुटबल हेर्दै मोरक्कोको जितको खुसी मनाइरहेका जुले गौल एटलस लायन्सले अफ्रिकालाई गौरवान्वित बनाएको बताए। ‘मोरक्कोको जितले अफ्रिकी मुलुक पनि अन्य महादेशसँग प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने साबित गरेको छ’, उनले भने।

अरब र अफ्रिकी खुसी

‘वाह... वाह... मोरक्को... यो साँच्चै आनन्दायी छ। अफ्रिका चम्किरहेको छ। गो अफ्रिका’, क्यामरूनको राजधानी याउन्डेका २८ वर्षीय ड्राइभर एग्वे जेफरसन चिच्याउँदै भन्छन्। लिबियाको बन्दरगाह सहर मिसराटामा ठूलो संख्यामा भेला भएर फुटबल हेरिहरेका थिए।

जहाँ धुवाँ, लिबिया र मोरक्कोको झन्डा फहराइउको थियो। ट्युनिसियाको राजधानीमा पनि जितको खुसी भव्ब् तरिकाले मनाइँदै थियो। ‘आज मोरक्कोले अफ्रिकी र अरबीलाई सम्मान दिलायो। हाम्रो सपना सम्भव छ भन्ने देखायो’, ट्युनिसियाको राजधानी ट्युनिसमा खुसी मनाइरहेका अमेउर सोइलामले भने। 

प्यालेस्टाइनी र इजरायली भूमिमा पनि हजारौं मानिसहरूले क्याफे, रेस्टुरेन्ट र रंगशाला भरिएका थिए। उनीहरू मोरक्कोको जित भब्य तरिकाले मनाइरहेका थिए।  अघिल्लो खेलमा प्यालेस्टाइनी झन्डासहित फोटो खिचाइएको थियो। ‘मोरक्कोले प्यालेस्टाइन झन्डा फहराउँदा हामीले नै जितेको जस्तो महसुस गरेका थियौं’, गाजाका एक व्यापारी इमाद जोडट भन्छन्। अरबी समुदायको बाक्लो उपस्थिति भएको लन्डनको एड्गार रोडमा सडक ठप्प पारेर मोरक्कोको जितको खुसी मनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.