पाकिस्तान र अफगानिस्तानको सीमानाकामा गोलीबारी, ६ पाकिस्तानी मारिए
एजेन्सी : पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ।
सो घटनामा १७ बढि घाइते भएका छन्।
हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज सावेरले यस हमलामा एक अफगानी सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन्।
अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताएका छन्।