झडपमा उत्रिए समर्थक

झडपमा उत्रिए समर्थक

पेरिस : कतारमा जारी फिफा विश्वकपअन्तर्गत क्वार्टरफाइनलमा शनिबार राति फ्रान्स र मोरक्कोले जित हात पारेपछि समर्थक खुसी मनाइरहेका थिए।

मोरक्कोको जितपछि सडकमा निस्किएका समर्थकमा फ्रान्सले इङ्ल्यान्डलाई हराएपछि अझै थपिएका थिए। फ्रान्स र मोरक्कोको झण्डा, गीत गाउँदै खुसी मनाइरहँदा केही समर्थक अराजक बनेका थिए। सोही क्रममा समर्थकले पसलहरूमा तोडफोड गर्न थालेपछि प्रहरीसँग पनि झडप भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि च्याम्प्स एलिसिज नजिक त्यो घटना भएको दाबी गरेका छन्।

कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। साविक विजेता फ्रान्सले २–१ गोलको नजितामा इङ्ल्यान्डलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

यसैगरी मोरक्कोको जितमा खुसी मनाइरहेका प्यालेस्टाइनीमाथि पनि इजरायली प्रहरीले आक्रमण गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा जेरुसेलुमको दमास्कस गेट नजिक प्रहरीले बालबालिकासमेतलाई लखेटेको देखिन्छ।

त्यो घटनामा कसैलाई पनि क्षति पुगेको वा पक्राउ परेकोबारे उल्लेख गरिएको छैन। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेपछि गाजाको दक्षिणतर्फ रहेका प्यालेस्टाइनीले भव्य खुसी मनाएका थिए।

मोरक्कोको राष्ट्रिय टिमले जारी विश्वकपमा पटक पटक प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै झन्डासँगै फोटोसमेत खिचाएको छ। यसअघि मोरक्कोले स्पेनलाई पराजित गरेपछि खुसी मनाइरेका प्यालेस्टाइनीहरूलाई पनि इजरायली प्रहरीले आक्रमण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.