‘रोनाल्डो बेन्चमा राख्ने निर्णय गलत थिएन’

‘रोनाल्डो बेन्चमा राख्ने निर्णय गलत थिएन’

 दोहा : कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले मोरक्कोसँगको अप्रत्यासित हारबाट टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखी भएको बताएका छन्।

उनले रोनाल्डोलाई सुरुवातमै मैदान नउतारेर बेन्चमा राख्ने निर्णय पनि गलत नभएको दाबी गरेका छन्। ‘यो हारबाट खेलाडीहरू निकै दुखित छन्। म सम्पूर्ण पोर्चुगल समर्थकहरूलाई यो भन्न चाहन्छु कि हामी उहाँहरूभन्दा धेरै निरास छौं’, उनले भनेका छन्, ‘हाम्रो टोली उत्कृष्ट थियो। त्यसैले टोलीबाट धेरै अपेक्षा पनि थियो। तर, यो हारले निकै दुखी बनाएको छ।’

क्रिस्टियानो रोनाल्डोलाई सुरुवातमै मैदान नपठाउँदा टोलीमा कुनै असर नपरेको सान्तोसले दाबी गरे। ‘रोनाल्डोका कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन। हामी एकजुट भएर नै अघि बढेका छौं। आजको हारले सबैभन्दा बढी असर रोनाल्डो र मलाई नै गरेको छ’, उनले भने, ‘मलाई लाग्दैन कि रोनाल्डो नखेलाएर हामीले गल्ती गर्‍यौं। मलाई आफ्नो निर्णयमा कुनै दुःख छैन। हामीले खेलको स्थिति हेरेर नै यो रणनीति बनाएका हौं।’

उनले पाएका अवसर सदुपयोग गर्न नसक्दा अप्रत्यासित हार बेहोर्नु गरेको स्पष्ट पारे। ‘हामीले धेरै अवसर पाएका थियौं। तर, त्यसलाई फिनिसिङ गर्न सकेनौं। खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल पोसेसनमा राख्न खोज्यौं। जसका कारण आक्रमण बुन्न सकेनौं’, उनी भन्छन्, मोरक्कोको रक्षापंक्तिले पनि उत्कृष्ट खेल खेल्यो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.