नेपाल प्रहरीको आवासीय तालिम दिएर कोहलपुरमा नगर प्रहरी भर्ना

नेपाल प्रहरीको आवासीय तालिम दिएर कोहलपुरमा नगर प्रहरी भर्ना

नेपालगन्ज : नेपाल प्रहरीको आवासीय तालिम दिएर कोहलपुर नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीको परीक्षा, भर्ना र तालिम नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिमले दिएको हो। 

तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार नगर प्रहरीलाई आधारभूत तालिम दिएको बताए। ४५ दिनको तालिममा २५ दिन प्रहरीको तालिम केन्द्रमा आवासीय तालिम दिइएको थियो। 

जसमा प्राथमिक कवच, लठ्ठी तालिम, सलाम गर्न सिकाउने, परेड खेल्न सिकाउने, पिटी सिकाइएको थियो। २० लिन भने कोहलपुर नगर क्षेत्र परिसरमा फिल्ड एट्याचमेन्ट (व्यावहारिक ज्ञान) दिइएको थियो। 

४५ दिनको तालिममा २५ दिन प्रहरीको तालिम केन्द्रमा आवासीय तालिम दिइएको थियो।

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको थियो। नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। 

नगर प्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीका रूपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए। 

‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनोटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं’, नगर प्रहरी प्रमुख आचार्यले भने, ‘कसैको दबाब र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन। गतिशील कोहलपुर नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यावसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ।’ 

नगर उपप्रमुख संगीता सुवेदीले संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको जानकारी दिइन्। 

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगर पालिकाले आवासीय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुनायोग्य भएको भन्दै प्रंशसा व्यक्त गरे। 

उनले शिक्षार्थीहरूले प्रदर्शन गरेको उच्च कोटीको अनुशासन, सामूहिक भावनाको विकास, लगनशीलता, सकारात्मक सोच, अभिरुचि एवं धैर्यताकासाथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए। 

समारोहमा कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरी दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरूले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरे।


१२ पुरुष र ७ महिला गरी १९ जना प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ। 

उनीहरू सबैलाई तहगतअनुसार नै नेपाल प्रहरीले पाउने तलब, भत्ता र राशन सेवासुविधा उपलब्ध गराइएको नगर प्रहरी इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। 

कोहलपुरमा नगर प्रहरीको छुट्टै ब्यारेक नै छ। उनीले २४ घण्टा नै ड्युटी गर्न ब्यारेकमा नै बस्ने व्यवस्था गरिएको छ। ‘२४ घण्टा नै सेवा दिने उद्देश्यले नगर प्रहरीको नियुक्ति गरिएको छ। मोबाइल गस्ती, साइकल गस्ती, मोटरसाइकलबाट गस्ती नगर प्रहरीले गरिरहेका छन्’, प्रमुख थापाले भने, ‘खबर गरेको दुई मिनेटमा प्रहरी पुग्ने गरी परिचालनको व्यवस्था गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.