सगरमाथाको आरोहण चुनाव जितेभन्दा कठिन: महेश बस्नेत

सगरमाथाको आरोहण चुनाव जितेभन्दा कठिन: महेश बस्नेत

इलाम: ‘सगरमाथा चड्ने कुरा सामान्य होईन, मृत्युलाई छक्याएर विजयी हुने कुरा असामान्य हो,’ इलाम क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएका महेश बस्नेतले आफ्नो राजनीतिक अनुभव जोड्दै भने, ‘यो चुनाव जित्नुभन्दा पनि कठिन हो ।’

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङ्गलाई आईतबार सम्मान गर्दै बस्नेतले युवा जोसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।

सांसद बस्नेतले जीवनमरणको यात्रा पार गरेर विश्वलाई शाहसीको परिचय दिने युवा समाजका प्रेरणाका श्रोत भएको बताए।

 
नेकपा एमाले प्रदेश कमिटी सदस्य काजीमान कागतेले इलामे युवा युवतीले शाहासिक यात्रासँगै लेखेको इतिहासलाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘यसलाई कायम राख्न थप प्रगतिका पाईला चाल्न आवश्यक छ।’
 
इलाम सूर्योदयका धार्चुङ छिरिङ शेर्पाले ०७० साल जेठ ६ गते सगरमाथा आरोहण गरेका थिए। सूर्योदयकै  युवन्तिका तामाङ्गले ०७९ वैशाख ३० मा सगरमाथा आरोहण गरेकी हुन्। 

उनीहरूले इलामका विभिन्न पर्यटकीय स्थलको तस्बिर सगरमाथाको चुचुरोमा पुगेर फहराएकाले सम्मान गरिएको राष्ट्रिय युवा संघ नेपाल, इलामका अध्यक्ष चन्द्र पाठकले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.