काबुलस्थित चिनियाँ होटलमा आक्रमण

काबुलस्थित चिनियाँ होटलमा आक्रमण

काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन्। काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बिरमा देखिएको छ। घटनापछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको होटललाई छिमेकसँग सिल गरेको छ। 

गत वर्षको अगष्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ। काबुल प्रहरीका एक प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै उक्त आक्रमण ‘शरारती तत्वहरू’ले गरेको बताएका छन्।

ह्वाट्सएप सामाजिक सञ्जाल समूहसँग कुरा गर्दै उनले भने, 'सुरक्षा बल त्यस क्षेत्रमा पुगिसकेको छ र आक्रमणकारीलाई हटाउने काम भइरहेको छ। एएफपीका संवाददाताहरूले शहर-ए-नाउको एक व्यापारिक र आवासीय इलाकाको घटनास्थल नजिकै धेरै विस्फोट र गोलीबारीको आवाज सुनेका बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले पनि यसको पुष्टि गरेका छन्। 

सामाजिक सञ्जालमार्फत् बाहिरिएको र सबैतिर फैलिएको एक भिडियोमा मानिसहरु भवनको तल्लो तलामा रहेको झ्यालबाट बाहिर निस्किरहेको देखिन्छ, जसमा होटलको साइन बोर्ड अङ्ग्रेजी र चाइनिज भाषामा स्पष्ट देखिन्छ। त्यसैगरी अर्को एक भिडिओमा धुवाँको बाक्लो मुस्लोसहित अर्को भागबाट ठूलो आगोको ज्वाला निस्केको देखिन्छ। 

घटनापछि एउटा हेलिकप्टरले त्यस क्षेत्रको धेरै निकासहरूमा अनुगमन गरिरहेको देखिएको थियो। यो होटल उच्च जोखिम तर सम्भावित आकर्षक व्यापारिक सम्झौताहरूको खोजीमा तालिबानको फिर्तीपछि अफगानिस्तानमा आएका चिनियाँ व्यापारिक आगन्तुकहरूको लागि लोकप्रिय आश्रयस्थल मानिन्छ। 

अफगानिस्तानसँग ७६ किलोमिटर (४७ माइल) लामो सीमा जोडिएको चीनले आधिकारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन तर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र मानिने चीन त्यहाँ पूर्ण कूटनीतिक उपस्थिति कायम गर्ने थोरै देशमध्ये एक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.